अब राजाको तस्वीर भएका नोट नचल्ने

Logo
आइतबार, जेठ ११, २०७७

विराटनगर । नेपाल राष्ट्र बैंकले राजाको तस्वीर भएका नोटलाई चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । यो निर्देशनसँगै अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ ।

ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन भने सक्नेछन् । बैंकमा आएका त्यस्ता नोटहरु बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर ती नोटहरु बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]