News flash

विराटपथ

आइतबार, जेठ ११, २०७७

विराटनगर । अरनिको बोर्डिङ स्कूलका पूर्व बिद्यार्थीहरुले  ३० थान पिपिई सेट उपलब्ध गराएका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय रहेका चिकित्सकका लागि उनीहरुले पिपिई सेट उपलब्ध गराएका हुन ।
आइतबार अरनिको बोर्डिङ १९९७ का बिद्यार्थीहरुले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई २० थान र कोशी अस्पतालका मेसु डा.संगीता मिश्रालाई १० थान गरि ३० थान पिपिई सेट उपलब्ध गराएका हुन । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण र रोकथामा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि विपत्मा परेकालाई सहयोग गरिरहेको सो समूहले बिभिन्न क्रियाकलाप गर्दै आएको छ ।
सो स्कूलको पूर्व बिद्यार्थी डा.मीरा आचार्यका अनुसार सो समूहले विराटनगरको रोडशेष चोक, बरगाछी, महेन्द्र चोक, हाटखोला र पानीटंकीमा रहेका प्रहरी तथा एम्बुलेन्स चालकलाई सेनिटाइजर र ग्लोभ समेत वितरण गरेको छ । पहिलो चरणमा सो समूहले लकडाउनका कारण समस्यामा परेका बिपन्न, गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर लगायत एकसय २५ परिवारलाई खाद्यान्न लगायतको राहत सामाग्री समेत वितरण गरेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल