News flash

विराटपथ

शुक्रबार, जेठ ०९, २०७७

विराटनगर । पूर्वी पहाडी जिल्ला संखुवासभामा बच्चा गुमाएर सिकिस्त बनेकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । खाँदबारी नगरपालिका ६ की सुत्केरी गंगा कार्कीलाई उपचारका लागि शुक्रबार हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको छ । बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
जिल्ला अस्पतालमा उनको उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनका अनुसार कार्कीको थापाथली प्रसूति गृहमा उपचार हुनेछ ।
सुत्केरी व्यथाले च्यापेपछि कार्की गएको चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएकी थिइन् । त्यहाँ प्रसूति हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । त्यहाँ मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । नोबेल अस्पतालमा उनका परिवारले २ लाख बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो । उनी फेरि बिरामी परेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
सुत्केरी अवस्थामा रहेकी कार्कीको अवस्था अत्यन्तै नाजुक छ । पारिवारिक स्रोतका अनुसार उनको शरीरमा रगतको मात्रा कमि रहेको चिकित्सकले बताएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल