विराटनगर । मोरङमा रतुवामाई नगरपालिकामा एक जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । रतुवामाई नगरपालिका निवासी २४ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
प्रदेश १ को जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको बताइएको छ । संक्रमित युवक दुई दिन अघि भारतको मुम्बईबाट आएका थिए । रतुवामाईका मेयर रविन राईले उनमा कोरोना भाइरस भएको बताए । उनी रतुवामाई नगरपालिका १ सोनापुरबासी हुन । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो बिषयलाई समाचार तयार पार्दा सम्म पुष्टि गरेको छैन ।