कोरोना संक्रमित भेटिएपछि दुई वडा सिल, हिडडुलमा कडाई

Logo
सोमबार, जेठ ०५, २०७७

विराटनगर । लकडाउन गरिएपनि निक्कै चहलपहल रहने विराटनगरमा आजबाट कडाई गरिएको छ । विराटनगर महानगरमा समेत कोरोना संक्रमित भेटिएपछि प्रशासनले थप कडाई गरेको हो । महानगरपालिकाले संक्रमित भेटिएका दुईवटा वडा समेत सिल गरेको छ ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले संक्रमित भेटिएका वडा नम्बर ६ र १५ सिल गरिएको जानकारी दिए । सो वडामा सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार राती सूचना जारी गर्दै लकडाउनलाई थप कडाई गर्ने बताएको थियो । प्रशासनले औषधी, पानी र दुधका पसलमात्र खुल्ने जनाएको थियो ।
आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सरसफाइ कर्मचारी हुन् । संक्रमित अर्की महिला पाँच दिनअघि भारतबाट आएकी थिइन् । संक्रमणको जोखिम बढेपछि अर्काे सूचना जारी नभएसम्म अति आवश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ ।
सोमबार विहानबाट प्रहरीले चोक चोकमा सक्रिय भएर लागेका छन् । सधैजसो सामान्य चहलपहल रहने विराटनगरको बजार र सडक पनि सुनसान नै छ संक्रमित भेटिएपछि स्थानीय प्रशासनले आजबाट सम्भावित संक्रमितको खोजी सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]