

विराटनगर । भारतले एकतर्फी रुपमा गरेको सीमा अतिक्रमणको बिरोधमा विराटनगरमा समेत प्रर्दशन गरिएको छ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्रमा भारतको अतिक्रमण बिरुद्ध आइतबार विहान राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रर्दशन गरेको हो ।
राप्रपाका केन्द्रीय सदस्य केदार कोइराला, प्रल्हाद शाह, श्याम कार्की लगायत उपस्थितिमा भएको बिरोध प्रर्दशनमा लिम्पियाधुरा, लिपुलेक, कालापानीमा रहेका भारतीय फौज फिर्ता लैजा, अतिक्रमण सहदैनौ, देश बेच्न दिदैनौ, देशले रगत मागे हामी बली चढ्न तयार छौ जस्ता प्लेकार्ड बोकेर करिब आधा घण्टा बिरोध प्रर्दशन गरेका थिए ।
केन्द्रीय सदस्य कोइरालाका अनुसार झापाको कचनकवलमा शनिबार राती नेपालको शसस्त्र प्रहरीमाथि भएको भारतीयको ज्यादतीको समेत बिरोध गरिएको थियो ।