विराटनगर । प्रदेश २ को सिरहामा पहिलो पटक कोरोना पुष्टि भएको छ । सिरहाको सुखवा १९ निवासी ३० बर्षिय पुरुषमा कोरोना भाइरसको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान जारी गरेको अध्यावधिक नोटमा थप ६ जना नयाँ संक्रमितको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमित नयाँ बिरामीहरु सिरहा, सर्लाही, पर्सा, बर्दिया र चितवन जिल्लाका रहेका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा सिरहा सहित बर्दिया नार्खु निवासी २८ बर्षिया महिला, पर्सा बिरगञ्जका २८ र २९ बर्षिय पुरुष, सर्लाही रामनगर निवासी १८ बर्षिया महिला र चितवन गढौली निवासी २५ बर्षिया महिलामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । थप संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।