विराटनगर । कोरोना भाइरसको संक्रमण हुनेको संख्या फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ जारी गरेको बिज्ञप्तिमा काठमाण्डौ, पर्सा, दाङ र उदयपुरमा गरि ९ जना नयाँ रोगी फेला परेको जनाइएको छ ।
मन्त्रालयले नयाँ तथ्याङक अध्यावधिक गर्दै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको जनाएको छ । छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ रोगी फेला परेको पुष्टि भएको छ । काठमाण्डौको संतुगलमा ७ बर्षिय बालकलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पर्साको बिरगञ्जमा ९ र १० बर्षिय बालकसहित २३ र ४७ बर्षिया महिलामा संक्रमण फेला परेको छ । त्यसैगरि उदयपुरको त्रियुगा नगरपालिकामा २५ बर्षिय पुरुष र दाङको गढुवा र तुलसीपुर नगरपालिकामा २३, ३६ र ३४ बर्षिय पुरुषमा संक्रमण भेटिएको हो ।
यसैबीच मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३७ जना संक्रमण मुक्त भएको जनाइएको थियो ।