थप तीनमा कोरोना संक्रमण, जम्मा संख्या २४९ पुग्यो

Logo
बिहिबार, जेठ ०१, २०७७

विराटनगर । कोरोना भाइरसबाट थप तीनजना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार साँझ गरेको बिज्ञप्तिमा काठमाण्डौ, धनुषा र धादिङ जिल्लामा थप तीन नयाँ रोगी फेला परेको जनाएको छ । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षण अनुसार ७ बर्षिय बालकसहित दुई महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । काठमाण्डौको दहचोकमा ७ बर्षिय बालक, धनुषाको जनकपुरमा १७ बर्षिया महिला र धादिङमा ३० बर्षिया महिलामा कोरोनाको पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]