News flash

विराटपथ

बिहिबार, बैशाख २५, २०७७

विराटनगर । कोशी अञ्चल अस्पतालको कोभिड १९ अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस मुक्त भएका छन् । पछिल्लो समयको पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण नभेटिएको चिकित्सकले जनाएका छन् ।
उपचारमा संलग्न कोशी अस्पतालका बरिष्ठ फिजिसियन डा.रोशन खड्काले उनीहरु शुक्रबार डिस्चार्ज हुने जानकारी दिए । डा. खड्काले विराटपथसँग भने,‘पछिल्लो दुईपटक पिसिआर परिक्षण गर्दा वहाँहरुको शरिरमा कोरोना भाइरस निष्क्रिय भएको पाईयो ।’
डिस्चार्ज हुने ८ जनाको २ पटक स्वाब परीक्षण गरिएको थियो । दुबै परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई शुक्रबार विहान १० बजे डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
शुक्रबार डिस्चार्ज हुनेमा ७ जना नेपाली र १ भारतीय रहेको छन् । उनीहरु मध्ये २ जना विराटनगरका रहेका छन् । बुधबार पनि ६ जना डिस्चार्ज भएका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल