News flash

विराटपथ

सोमबार, बैशाख २२, २०७७

विराटनगर । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मोरङमा विवाद देखिएको छ । लामो समयसम्म नेतृत्व बिहिन रहेको संघमा केही ब्याक्तिहरुले संस्थाको दुरुपयोग गरेको समेत आरोप लगाइएको छ ।
नेविसंघका तत्कालिन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चयन गरेका जिल्ला अध्यक्षहरुको सम्बन्धमा नेपाली काँग्रेस केन्द्रीय समितिले २०७५ साल माघ २९ गते खारेज गरेको स्मरण गराउँदै नेविसंघ मोरङका नेताहरुले जिल्लामा भइरहेको गतिविधि रोक्न माग समेत गरेका छन् ।
नेविसंघका जिल्लास्तरका नेताहरुले पार्टी सचिव नागेश कोइरालालाई ज्ञापन पत्र बुझाउँदै नेतृत्व विहिन रहेको अबस्था केही ब्याक्तिहरुले आफु जिल्लाको अध्यक्ष र सचिव भएको भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गरेको आरोप लगाएका छन् । उनीहरुले नेविसंघ जिल्ला कार्य समितिको ब्यानरको गलत प्रयोग गरेको जनाउँदै जिल्ला सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजु मास्केले समेत उक्त समूहलाई प्रत्यक्ष सहयोग गरेको आरोप लगाएका छन् ।
त्यसरी ज्ञापन पत्र बुझाउनेमा राजु तामाङ, होमनाथ पोखरेल, केशव गिरी, विक्रम श्रेष्ठ, सेन्ट्रो महत, बिष्णु भुर्तेल, निश्चल घिमिरे लगायत ३५ जना रहेका छन् । उनीहरुले जिल्ला सदस्य राजु मास्केलाई पदमा बस्ने अधिकार समेत नभएको भन्दै ७२ घण्टा भित्र कारबाही गर्न जिल्ला नेतृत्वसँग माग समेत गरेका छन् ।
केन्द्रीय समितिमा केही महिना अघि नेतृत्व चयन गरिएपनि जिल्लातहमा नेविसंघ भित्र नेतृत्वको अभाव रहेको छ । यसरी नेतत्व चयन हुन नसक्दा जिल्लामा कसको नेतृत्वमा संस्था अघि बढिरहेको छ भन्ने अन्यौलता कायमै छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल