विराटनगर । विश्व कै चर्चित टेलिभिजन शो ’अमेरिकन आइडल’ मा नेपाली युवा गायक दिवेश पोखरेलले छलाङ मारेका छन् । आइडलको को १८ औं संस्करणमा सहभागी नेपाली युवा गायक पोखरेल उत्कृष्ट १० मा पुग्न सफल हुँदै उत्कृष्ट प्रर्दशन गरेका हुन ।
२१ वर्षीय दिवेश कार्यक्रममा ’आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन् । पोखरेलले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन् । २१ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्दै आएका छन् । उनी ६ वर्षअघि अमेरिका गएका हुन ।
कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ । गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ । पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ । उनले भनेका छन्, ’हामी शीर्ष १० मा पुग्यौ। सुरूदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद । म विश्वभरिबाट आएको यो विशाल समर्थनलाई कदर गर्दछु । यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन् । धन्यवाद ।’