विराटनगर । प्रदेश १ को बिभिन्न दुई स्थानमा पानीमा डुबेर दुईजनाको मृत्य भएको छ । संखुवासभा र धनकुटा जिल्लाको दुई स्थानमा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतवार संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर २ की ३२ बर्षीया चन्द्रकुमारी राई रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेको अबस्थामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार प्रहरी टोलीले कानूनी प्रक्रिया पुरा गरि शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको छ ।
त्यस्तै धनकुटा नगरपालिका १ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ । आईतवार साँझ ५ बजेको समयमा बालिका पानीको ड्रममा डुबेर मृत अवस्थामा फेला परेकी थिईन ।