News flash

विराटपथ

आइतबार, बैशाख २१, २०७७

विराटनगर । ब्यवसायीले नाफा लुकाउने भएकाले ब्याज छुट दिन हुन्न भन्ने नेपाल बैकर्स संघका अध्यक्षको भनाईप्रति उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले आपत्ति प्रकट गरेका छन् ।
उद्यमी ब्यवसायीको दुबै संस्थाले बिज्ञप्ति जारी गर्दै बिश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसाय लगायत पर्यटन, निर्माण, यातायात लगायत समग्र क्षेत्र नराम्रोसंग प्रभावित भएको बेला बैकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई गैरजिम्मेवार रहेको जनाइएको छ । बिज्ञप्तिमा भनिएको छ,‘बैकर्स एशोसिएनको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर संकटको अबस्थामा दिइएको अभिव्यक्तिले देशलाई आत्मनिर्भर बनाउंदै वैदेशिक व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नीजि क्षेत्र सो अभिव्यक्तिको घोर विरोध गर्दछ ।’
ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र संगठनका अध्यक्ष भीम घिमिरेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा लकडाउनका कारण उद्योग,व्यवसाय वन्द भएको अवधि देखि कम्तिमा आगामी ३ वर्ष अवधिको लागि हाल कायम रहेको व्याज दरमा कम्तिमा ५ प्रतिशत घटाउन माग समेत गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल