विराटनगर । ताप्लेजुङको सदरमुकाम फुड्लिङ बजारमा आगलागी भएको छ । शुक्रबार राती करिब १० बजेर ३० मिनेटबाट आगलागी शुरु भएको हो । बजारमा रहेको पुरानो बैङ लाइनबाट आगो शुरु भएको हो ।
पुरानो बैङ लाइनको माथिल्लो सडकखण्ड अन्तरगतको एक घरबाट आगो शुरु भएको थियो । अहिले फुड्लिङ् नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । लकडाउनको समय भएपनि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा सहयोग गरिरहेका छन् ।
भण्डारी खाजा घरबाट शुरु भएको आगोबाट करिब ५ घर जलेर नष्ट भएका छन् । स्थानीयबासीका अनुसार नगरपालिकामा रहेको एकमात्र बारुणयन्त्रले आगो नियन्त्रणमा लिन सकेको छैन । आगोले केही पसल समेत जलेका छन् । आगो नियन्त्रण बाहिर रहेको छ । पछिल्लो जानकारी अनुसार नेपाली काँग्रेसको कार्यालय रहेको भवन समेत जलेर नष्ट भएको छ ।