News flash
कोरोनाको संन्त्रासले महिला फुटबलरको आँखाको ज्योति गुम्यो

एन्फा र विराट सांग्रिला स्र्पोटिङको सहयोग

प्रल्हाद गुरागाई

शुक्रबार, बैशाख १९, २०७७

विराटनगर । उदयपुरकी समिक्षा मगर घरको बारीमा काम गर्दै थिइन् । लकडाउनका कारण घर मै रहेकी समिक्षा बाँझो बारीमा माटो खन्दै थिइन् । उनका बुवा बलबहादुर सोही बारीमा हलो जोत्दै थिए । बारीमा सिमतरुल रोप्ने योजना अनरुप समिक्षा बुवालाई सहयोग गर्दै थिएन् ।
घटना हो, बैशाख १२ गते साँझको । बारीमा काम गर्दैगर्दा उनको कोदालोले जमीन मुनि रहेको ढुङ्गा बर्जन पुग्यो । जमीनको फुक्को माटो उनका आँखा भित्र पस्यो । उनी त्यहि लडिन् । हलो जोत्दै गरेका बलबहादुरले छोरीलाई उठाए । समिक्षाको आँखालाई पानीले सफा समेत गरिदिए । साँझमा नजिकैको मेडिकल पसलबाट आँखामा हाल्ने औषधी ल्याएर आँखालाई बिसेक पार्न खोजियो । त्यो दिन त्यत्तिकै बित्यो ।
बैशाख १३ गते विहान समिक्षाका आँखा फुलेर आयो । आँखामा दुखाई कम भएन । शरिरमा ज्वरो समेत आयो । उनीहरुले नजिकैको स्वास्थ्य चौकी लगे । स्वास्थ्य चौकीले धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजान सुझायो । ‘त्यसपछि हामीले बिपीमा लिएर आयौ ।’समिक्षाका दाजु सनमले विराटपथसँग भने,‘त्यहाँ त नर्सले केही पनि गरेनन् । हामीले घरमा भएको सबै घटना सुनायौ । धेरै दुखेपछि यहाँ ल्याएको भनेर बतायौ । तर डाक्टरले ज्वरो आएको भनेर बहिनीलाई आईसुलेशनमा राखिदिए ।’
उदयपुर जिल्लामा कोरोना भाइरस संक्रमित फेला पर्नु, समिक्षालाई ज्वरो समेत आउनु र आँखाको समस्या भएर पनि धरानस्थित बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान जानु दुभाग्यपूर्ण बन्यो । ‘त्यहाँ पनि आँखाको उपचार शुरु गरेको भए ठिकै हुन्थ्यो होला । तर डाक्टरहरुले आईसुलेशनमा राखे अनि कोरोना भाइरसको संक्रमण भए नभएको परिक्षण गर्न तर्फ लागे’ सनमले भने ।
समिक्षालाई आँखाको संक्रमण बढ्दै गएपछि भने प्रतिष्ठानले बिहिबार विराटनगरको एक आँखा अस्पतालमा रेफर गरिदियो । समिक्षालाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल ल्याइएको छ । उनका परिवारले दिएको जानकारी अनुसार समिक्षाको देब्रे आँखाको ज्योति गुमेको छ । सनमले विराटपथसँग भने,‘आँखा अस्पतालका डाक्टरले दाहिने आँखा ठिकै रहेको तर देब्रे आँखाको ज्योति भने नफर्कने बताएका छन् ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) महिला फुटबल टोलीका लागि विद्यालयस्तरबाट छनौट भएकी १६ बर्षिय समिक्षाले फुटबलमा सपना देखेको थिएन् । उनी फुटबल खेलमा राम्रो प्रगति गर्दै आएकी थिइन् । पहिलो चरणको छनौटबाट राम्रो ख्याति कमाएकी समिक्षा सुनसरीबाट फुटबल खेल्ने गर्थिन ।
शुक्रबार उनको परिबारलाई अखिल नेपाल फुटबल संघ र विराट सांग्रिला स्र्पोटिङ क्लबले २५–२५ हजार नगद सहयोग गरेको छ । क्लबका सचिव काशीराज पराजुली राम्रो सम्भावंना बोकेकी प्रतिभावान खेलाडी समिक्षाको आँखाको ज्योति गुम्नुमा लापरवाहीको नमूना भएको बताउँछन् । ‘समयमा नै आँखाको उपचार भएको भए यो अबस्था आउने थिएन ।’ पराजुलीले भने ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल