News flash

विराटपथ

शुक्रबार, बैशाख १९, २०७७

विराटनगर । पेशाले दन्त चिकित्सक डा.मीरा आचार्य दैनिकी रोगीको उपचार मै ब्यस्त छिन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गरेपछि भने उनको दैनिकी केही फेरिएको छ । विराटनगरको हाम्रो अस्पतालमा कार्यरत डा.आचार्य पछिल्लो समय भने राहत वितरणको काममा अग्रसर देखिएकी छन् ।
विद्यालय पढ्ने साथीहरु मिलेर स्थापना भएको अरनिको बोडिङ एशोसिएसन मार्फत आचार्य लगायतको टिमले विपन्न, गरिब, दैनिक मजदुरी गरेर गुजरा चलाइरहेका परिवारलाई राहत लगायतको सामाग्री वितरण गरिरहेको छ । सो एशोसिएसनसँग सम्पर्कमा आएका विपन्न परिवारलाई राहत बाँड्ने गरिएको छ ।
सो एशोसिएसनले विराटनगर, इटहरी, तेतरिया लगायतका स्थानहरुमा रहेका ७५ परिवारलाई राहत वितरण गरेको छ । एक परिवारलाई करिब १५ सय रुपैयाका दरले राहत सामाग्री वितरण गरिएको डा.आचार्यले विराटपथलाई बताईन । त्यसरी राहत वितरण गर्दा प्रति परिवार १० केजी चामल, २ केजी दाल, १ लिटर खानेतेल, २ केजी आलु, १ केजी प्याज नुन, बेसार, चिउरा, सावुन, बिस्कुट लगायतका सामाग्री रहेका छन् ।
‘आफ्नै घरमा काम गर्ने कामदार महिला करिब डेढ महिना काममा नआउँदा समस्या परेको थाहा पाए । उनका श्रीमान् समेत दैनिक मजदुरी गर्ने मानिस हुन । काम नै गर्न नपाएपछि समस्या त हुने नै भयो ।’ आफ्नो अनुभव सुनाउँदै आचार्यले भनिन्,‘उनीहरु निक्कै समस्यामा परेका रहेछन् । खासमा उनीहरुलाई दैनिक आबश्यक पर्ने खाद्यान्न कै अभाव भएको रहेछ । उनीहरु जस्ता दैनिक ज्यालामा काम गर्नेको बेहाल छ ।’
आचार्यका अनुसार त्यसरी राहत वितरण गर्दा पनि कम्तीमा सानो परिवारलाई एक हप्ताका लागि खान पुग्छ । आफु र आफ्ना साथीहरुका सम्पर्कमा आएकालाई आबश्यकता हेरेर उनीहरुको समूहले सहयोग गर्दै आएको छ । आचार्य सहित आशा सुवदी, तृप्ति निरौला, रिता भट्टराई, सुगधा काफ्ले, सुस्मिता कार्की, श्रद्धा उपाध्याय, तनुजा चौधरी, मिता पाण्डे, रुचि लामिछाने, सुजा दाहाल, सुधिर गुरागाई, मुकेश बस्नेत, निखिल प्रधान, दिनेश चापागाई, मोम्हमद युसुफ, प्रमोद अग्रवाल, महेश लखौटिया, पवन लखौटिया, पंकज अग्रवाल, नितेश अग्रवाल, मनोज अग्रवाल, मेजर पर्शुराम थापा लगायतको समूहले राहत वितरण कार्य गर्दै आएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल