News flash

विराटपथ

आइतबार, बैशाख १४, २०७७

विराटनगर । सुनसरीमा राहतको कार्यलाई तिब्रता दिइएको छ । दुहबीका सुमन भट्टराईको समन्वयमा राहत वितरणको कार्यलाई निरन्तरता दिइएको छ । नेकपाका प्रदेश १ का ईन्चार्ज भीम आचार्यको पहलमा यो अभियान शुरु गरिएको हो । सरकारले लकडाउन गरेपछि समस्यामा परेकाहरुलाई सहयोग तथा राहत गर्ने उद्धेश्यले यो अभियान निरन्तर चल्दै आएको छ ।
यसैबिच सो टोलीले सुनसरी क्षेत्र नम्बर १ अन्र्तगतको क्षेत्रहरुमा राहत कार्यलाई आईतबारदेखि शुरुवात गरेका छन् । उनीहरुले आइतबार मात्र बराहक्षेत्र र रामधुनीका गरि ७ वटा वडालाई प्रत्येक वडालाई पाँच पाँचसय केजी चामल उपलब्ध गराएका छन् । आइतबार मात्र करिब तीन टन चामल वितरण गरिएको छ । ‘यो असहजतामा हामीले सकेको सहयोगको गरिरहेका छौ’ अभियानकर्मी भट्टराईले विराटपथसँग भने,‘यो बेला भने हामीले सुनसरीको क्षेत्र नम्बर १ लाई रोजेका हौ । सकेको सहयोग गर्ने अभिलाषा हो ।’
आइतबार नेकपाका प्रदेश १ का ईन्जार्च भीम आचार्यले राहत वितरणको कार्यलाई शुभारम्भ गरेका थिए । आचार्य कै पहलमा राहत कार्य अघि बढाइएको हो । उनले बराहक्षेत्र र रामधुनीका केही वडाहरुमा राहत सामाग्री वितरण गरेका थिए । राहत वितरणमा ईन्जार्ज आचार्यले वडाध्यक्ष मार्फत वितरण भएको राहत सामाग्री तल्लो तहमा पुग्ने विश्वास ब्यक्त गर्दै कोरोना संक्रमणको अबस्थामा सबैले सावधानी अपनाउनु पर्ने बताएका थिए ।
अभियानकर्मी भट्टराईका अनुसार सुनसरीको क्षेत्र नम्बर १ अन्तरगत सबै पालिकाका २७ वटा वडाहरुमा १३ हजार पाँचसय केजी चामल राहत स्वरुप वितरण गर्ने कार्यक्रम रहेको छ । भट्टराईले भने, ‘आजबाट शुरुवात भयो भोलिदेखि क्षेत्रका हरेक वडाहरुमा चामल वितरण गर्दैछौ । करिब १३ हजार पाँचसय केजी चामल वितरण गर्नेछौ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल