थप दुईमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५१ पुग्यो

Logo
आइतबार, बैशाख १४, २०७७

विराटनगर । बीरगञ्जमा थप दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी दुई कोरोना संक्रमण हुने नयाँ बिरामी हुन । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार बिज्ञप्ति जारी गर्दै पर्सा बीरगञ्जमा नयाँ रोगी फेला परेको जनाएको छ । मन्त्रलायका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले दुबै बीरगञ्ज निवासी भएको र उनीहरुको उमेर ५० बर्षको भएको उल्लेख गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमित दुबैजना पुरुष हुन । उनीहरु आयुसेलसनमा रहेको र उनीहरुको स्वास्थ्य अबस्था राम्रो रहेको जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण भएका १२ जना डिस्चार्ज भईसकेको समेत जनाएको छ ।
गत चैत ३० गते वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएको थियो । ती मध्ये दुई जनाको नतिजा पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]