विराटनगर । नेपाली राजनितिका शिखरपुरुष स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सम्झनामा राहत वितरण कार्यलाई निरन्तरता दिइएको छ । उक्त कार्यमा काँग्रेसका युवा नेता सलिम अंसारी सक्रिय भएर लागेका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्न तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि गरिब तथा बिपन्न नागरिकलाई सहयोग गर्न कोइरालाको सम्झनामा राहत वितरण गरिएको हो । अंसारीका अनुसार मोरङको सुनबर्षी नगरपालिकाका बासिन्दालाई केही राहत होस भनेर ५० परिवारका लागि राहत वितरण गरिएको हो । कोइराला पुत्री तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य सुजता कोइरालाले राहत प्रदान गरेकी हुन ।
कोइरालाको तर्फबाट काँग्रेसका सलिम अंसारी र महताव आलमले सुनबर्षीका नगरप्रमुख कालीप्रसाद दासलाई ५० बोरा भुजा र ५० प्याकेट डिटर्जेंट पाउडर हस्तान्तरण गरेका थिए ।