विराटनगर । नयाँ पुस्तामा सर्वाधिक रुचाइएका गायक सुगम पोखरेलले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक पोखरेलले आफ्नै युट्युब च्यानलमार्फत रेलैमा नामक नयाँ भिडियो शनिवार सार्वजनिक गरेका हुन ।
युवा पुस्तामाझ निक्कै लोकप्रिय गायक पोखरेलले अरु गीतभन्दा भिन्न शैलीमा यो गीतलाई प्रस्तुत गरेका छन् । यो गीतको संगीत र रचना पनि उनको आफ्नै छ । यो गीतमा उनलाई नायिका बर्षा राउतले साथ दिएकी छन् । भिडियोको निर्देशन राज थापा गज्जुले गरेका हुन । गीतमा आफ्नो मायालुमा रेलमा सँगै जान आग्रह गरिएको छ ।
मायाप्रेममा नै आधारित उक्त गीतको एरेन्जर मोहित मुनाल हुन । शैलेन्द्र प्रधान बाबु र सागर पाण्डेले रेर्कड गरेको सो गीत बिदेशमा नै छाँयाकंन गरिएको हो ।