News flash

विराटपथ

शनिबार, बैशाख १३, २०७७

उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुमा नै रहेको बताएका छन् । देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा शनिबार अनुगमनका लागि पुगेका मुख्यमन्त्री राईले कोरोना भाइरसविरुद्ध लड्न उच्चस्तरको तयारी रहेकाले अहिले काबुभित्र रहेको बताए ।
कोरोना संक्रमण नियन्त्रण हुनेमा विस्वास व्यक्त गर्दै उनले कोरोना विरुद्धको तयारी राम्रो भएकोले प्रदेश सरकार विचलित नभएको जनाए । अबका दिनमा पनि कोरोनाको संक्रमणलाई काबुमा राखेर व्यवस्थापन तथा पराजित गर्न सक्ने उनको भनाई थियो । त्यसका लागि प्रदेश सरकार रातदिन क्रियाशिल रहेको बताउँदै राईले अवको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने जानकारी दिए ।
संक्रमण कहाँबाट सर्यो वा सुरु भो, त्यसको पहिचान गरी संम्भावित जोखिम क्षेत्रलाई अझ कडाइ गर्ने र नियन्त्रण गर्ने उनले उल्लेख गरे । नियन्त्रित क्षेत्रमा कोरोना मुक्त क्षेत्र घोषणा गर्दै, अगाडी बढ्ने बताउँदै मुख्यमन्त्री राइले प्रदेशमा कसैलाइ भोकले मर्न नदिने बचन पनि दिए । मुख्यमन्त्री सँगै अनुगमनमा आएका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उदयपुर सम्बेदनशील क्षेत्र परेकाले सुरक्षा व्यवस्था थप कडाइका लागि सुरक्षाकर्मी थप र स्रोत साधनको उपलब्धता गराउदै लगिएको बताए । त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर देशकै सबैभन्दा बढि प्रभावित क्षेत्र भएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमि हुन नदिने बताए ।
मख्यमन्त्री तथा मन्त्रीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भुल्के र समग्र जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । भोजपुरको कोरोना अवस्थाको अवलोकन तथा अध्ययन पछि उदयपुरको भुल्के आइपुगेका मुख्यमन्त्री राईले शनिबार नै उदयपुरको कटारी नगरपालिका १ बेलसोत स्थित बेलसोत प्रदेश क्वारेन्टाइनको अवलोकन गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल