विराटनगर । सोमबार मन्त्रिपरिषद्को बैठकल दुई अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक बैठक बालाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न मुख्य बिपक्षी दल कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार बिहान ९ बजे बैठक डाकेका हुन । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार काठमाण्डौमा उपलब्ध पदाधिकारीको बैठक बस्नेछ ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संवैधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी दुई अध्यादेश जारी गरेकी थिइन् ।