News flash

विराटपथ

सोमबार, बैशाख ०८, २०७७

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दुई अध्यादेश जारी गरकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुई अध्यादेशलाई संशोधन सहित राष्ट्रपतिको कार्यालयमा पेश गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिको कार्यालयद्धारा जारी बिज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम दुई अध्यादेशहरु जारी भएको जनाएको छ । सरकारले संवैधानिक परिषद्(काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन र राजनीतिक दल सम्बन्धी दोश्रो संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा पेश गरेका थियो ।
सरकारले प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । त्यस्तै पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको अध्यादेश रहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल