विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर २ बसन्तपुर बजारमा एक जना मृत अबस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बसन्तपुरमा मजदुरी गर्ने ती व्यक्ति मृत अवस्थामा फेला परेका हुन ।
संखुवासभाको चैनपुर नगरपालिका १ याङसीजुङ घर भएका ३९ बर्षिय पासाङ तेम्बा शेर्पा सोमबार अपरान्ह बसन्तपुर स्थित खेल मैदान नजीकैको सडकमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी बसन्तपुरमा लामो समय देखि एक्लै मजदुरी गरी बस्दै आएका थिए । शेर्पाको मृत्युको कारण बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।