News flash

विराटपथ

सोमबार, बैशाख ०८, २०७७

विराटनगर । गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । चन्द्रकोटको शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका कान्छा छोरा समिरको मृत्यु भएको हो ।
घरमा रहेका बेला एक्कासी आगलागी हुँदा कान्छा छोरा १६ वर्षीय समिर घरबाट निस्कन पाएका थिएनन् । उनको घरभित्रै जलेर मृत्यु भएको बताइएको छ । आगोले जलेर पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल पनि गम्भीर घाइते भएका छन् । जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फाल्न सफल भएका थिए । छतबाट हाम फालेकै कारण उनको ज्यान जोगिएको छ ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीका अनुसार खाद्यान्न र ग्यासको समेत पसल रहेको साढे दुई तलाको पक्की घर पूर्ण रूपमा क्षति भएको छ । घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुवाआमा दुवै जना घाइते भएकोले उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाइएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए ।
आगलागी कसरी भयो भन्ने बारे खुलेको छैन तर आगलागीपछि ग्याँसको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल