News flash

विराटपथ

शनिबार, बैशाख ०६, २०७७

विराटनगर । उदयपुरमा फेला परेका कोरोना भाइरसको संक्रमितलाई शनिबार विहान विराटनगर ल्याइएको छ । उनीहरुलाई एम्बुलेन्स मार्फत शनिबार विहान करिब १ बजे विराटनगर ल्याइएको हो ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा उनीहरुलाई ल्याइएको हो । उच्च सर्तकताका साथ कोरोना संक्रमितलाई शनिबार राती नै विराटनगर ल्याइएको हो । शुक्रबार मात्र स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गर्दै
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको थियो ।

मन्त्रालयले उदयपुरमा संक्रमण पुष्टि गरेकाहरुमा सबै पुरुष नै छन्उ । नीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ । उदयपुरको एक मस्जिदमा भेटिएका कोरोना भाइरस संक्रमित १२ जनालाई उपचार र रेखदेख गर्ने सबै तयारी पूरा भएको कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालका बरिष्ठ फजिसियन डा.रोसन खड्का अनुसार त्यहाँ पालैसँगै स्वास्थ्यकर्मीको डियुटी तालिका मिलाइएको छ ।
कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा। संगीता मिश्राले ६र६ घण्टाको डियूटी बनाएर २४ सै घण्टा चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था गरेको बताइन् । प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा अघिल्लो शुक्रबारदेखि विराटनगरमा कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनमा आएको हो । विराटनगर १० स्थित नेशनल ट्रेडिङको भवनलाई मर्मत सम्भार गरी तयार पारिएको हो ।

अस्पताल सय शय्याको छ । १० वटा आईसीयु र १० वटा भेन्टिलेटरसहितको शय्यासमेत छ । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको छ । सीसी क्योराको मद्दतले कन्ट्रोल रुमबाट बिरामीको निगरानी गर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल