

विराटनगर । एकदमै संयमित भएर केही लेखिरहेको छु । यो कुनै लान्छना होइन्, कुनै धर्मप्रति विभेद र विभाजित गर्न खोजिएको हैन । यो सन्देश हो, मात्र सकारात्मक सन्देश । यो विचार शब्दले बुझेर मात्र पर्याप्त छैन,यो बिषयमा जिम्मेवारी बोधको पनि उत्ति कै जरुरी छ । सरकार, समुदाय वा आम नागरिक यो बिषयमा चनाखो र जिम्मेवार हुनु जरुरी छ ।
मैले केही हप्ता अघि लेखेको समाचार थियो, ‘कुनै मस्जिद्मा ९ जना पाकिस्तानी नागरिक फेला परे ।’ धेरैले यसमा रोष प्रकट गरे, केही मानविय विचार ब्यक्त गरे । जे भएपनि सो समाचार करिब करिब ५० हजारले फेसबुकबाट शेयर गरिसके । आम मानिसले यो समाचार किन यत्तिको संख्यामा शेयर गरे उनीहरुको बिषय हो । तर बिषयको संवेदशिलता र चासो यसै शेयरबाट प्रष्ट हुन्छ कि, मानिस अब बुझ्छन् र के, अनि कसरी भइरहेको छ त्यो पनि चाल पाउँछन् ।
सञ्चारकर्मी मात्र होइन, यो देशको जिम्मेवारी नागरिक म पनि हुँ । पहिला नागरिक अनि जिम्मेवारी सञ्चारकर्मी । सप्तरीका पत्रकार बैद्यनाथ यादवले भारतमा गएका मुस्लिम समुदायका केही मानिस लुकेर बसेको, कोरोनाको संक्रमण वा जोखिम हुन सक्ने बिषयलाई जोडतोडका साथ उठाए । उनले उठाएका केही बिषय पुष्टि हुदै गयो । केही समातिए, केही लुकेर बसे । डर, त्रास वा अरु कुनै बिषयले उनीहरुको कारण समाज समाज त्रस्त बन्यो । तर जिम्मेवार निकाय मौन बस्यो ।
हिजो र आज मात्र सुनसरीका सञ्चारकर्मी शशी कोइराला र राजेन्द्र पोखरेल त्यहाँका मस्जिद्मा लुकेका मानिसहरुको भिडियो खिच्दै स्थानीय प्रशासनलाई खबरदारी गरिरहे । सरकारको प्रशासनिक यन्त्र यताउता भौतारियो । राष्ट्रिय अनुसन्धान जस्तो सरकारी निकाय कागज टिपोट लेख्दै ब्यस्त बन्यो । तर उदयपुरमा बिचारा केही कोरोना संक्रमित फेला परे । अनि अंग्रपक्तिमा बसेर काम गर्ने सञ्चारकर्मी चनाखो बन्दा राज्यको लान्छना बोक्न बाध्य भए । हामी लकडाउनमा छौ । जनताले लकडाउनलाई पूर्णरुपमा पालना गरिरहेका छन् । नगर्ने जनतामा सडकमा भोकै छन् कि तरकारी वा औषधी किन्न जाँदा सरकारको पहरेदारको लौरोको मिठो उपहार पाईरहेका छन् ।
रगत सबैको रातो हुन्छ । जीवन सबैको एक नै हो । मानव जीवनमा मानवता मात्र एक सभ्यता हो । जहाँ हामी सबै अडिएका छौ । धर्ममा बिरोध छैन र अनि कुनै करकाप छैन । सदैयौदेखि चलिआएको परम्परा यहि हो । मेरो छेउमा राम मन्दिर छ, मैले भजनका लयहरु गाएको छैन् । त्यो आफ्नो खुशी हो । कुनै बेला घरमा पुराण लाग्यो, यसो नाँचगान गरे होला । त्यो मेरो ब्याक्तिगत चाहना हो ।
तर हरेक दिन एकाबिहान मस्जिद्मा बज्ने तिम्रो त्यो जोड आवाज एक घरको आवाज होइन् । त्यो तिम्रो धर्मको बिषय हो । केही समय बोल्ने तिम्रो त्यो ध्वनीहरु कस्ले बुझ्छ वा बुझ्दैन मलाई त्यो पनि थाहा छैन । तर त्यो ठूलो स्वरले घन्किने ध्वनी कसका लागि केन्द्रित छ । त्यसले तिम्रो समूदाय वा धर्मलाई मात्र प्रतिनिधित्व गर्छ कि सबैको जीवनलाई ।
जे होस्, खुल्ला आँखाले जति देख्न सजिलो छ, त्यो भन्दा बढी आँखा चिम्लेर कल्पना गर्दाको रमाइलो बग्लै हुन्छ । सडक, गल्लीमा हिड्ने मानिसका बिषयमा टिप्पणी गर्दा सामान्य प्रशासन मन्त्री ऋदयेश त्रिपाठी सामान्य ठान्नु हुन्छ, अनि यो त स्थानीय तहले मिलााउने कुरा मात्र गर्नुहुन्छ । किनकी वहाँ सामान्य प्रशासन मन्त्री हो, जनता त केही होइनन् । तर वहाँले कल्पना गरे भन्दा बढी समस्या कहाँ छ, कसरी जनता जिन्दगीको कठिन यात्रा पार गरिरहेका छन्, बुझ्नै मुस्किल छ । मन्त्रीज्यू, कल्पना र यर्थाथ कहाँ छ, सडकमा आउनुहोस् चुट्कीमा जनताले देखाउँछन् । अझ एक्लै आउनुहोस्, काभे्रतिर आउनुहोस्, सिन्धुली तिर आउनुहोस् । अंगरक्षकलाई विदा दिएर आउनुहोस् । भोट माग्न होइन, राहत बाँड्न मात्र भए नि भम्रण गर्नुस् ।
रगत सबैको रातो हुन्छ । जीवन सबैको एक नै हो । मानव जीवनमा मानवता मात्र एक सभ्यता हो । जहाँ हामी सबै अडिएका छौ । धर्ममा बिरोध छैन र अनि कुनै करकाप छैन । सदैयौदेखि चलिआएको परम्परा यहि हो । मेरो छेउमा राम मन्दिर छ, मैले भजनका लयहरु गाएको छैन् । त्यो आफ्नो खुशी हो । कुनै बेला घरमा पुराण लाग्यो, यसो नाँचगान गरे होला । त्यो मेरो ब्याक्तिगत चाहना हो ।
तर हरेक दिन एकाबिहान मस्जिद्मा बज्ने तिम्रो त्यो जोड आवाज एक घरको आवाज होइन् । त्यो तिम्रो धर्मको बिषय हो । केही समय बोल्ने तिम्रो त्यो ध्वनीहरु कस्ले बुझ्छ वा बुझ्दैन मलाई त्यो पनि थाहा छैन । तर त्यो ठूलो स्वरले घन्किने ध्वनी कसका लागि केन्द्रित छ । त्यसले तिम्रो समूदाय वा धर्मलाई मात्र प्रतिनिधित्व गर्छ कि सबैको जीवनलाई ।
माफ गर सँगसँगै विचार पनि गर । हक, अधिकार छ, हुन्छ । जसरी यो अभिब्यक्ति मेरो नीजि विचार हो । लोकतन्त्र यसैका लागि हो । ती स्वतन्त्र विचारहरुको आम नागरिकले आफ्नो तवरले मूल्यांकन र मापन गरेका हुन्छन् । तर तिम्रो त्यो लाउडस्पिकरका आवाजहरु आफ्नो धर्मका लागि मात्र हो कि आम समूदायका लागि पनि । मूल्यांङकन आफै गर । यद्धपि देश धर्म निरपेक्ष छ, यहाँ सबै धर्मका अनुरागीहरु सदैयौदेखि रमाएका छन् ।
ठिकै छ, राज्यले त्यो अधिकार र स्वतन्त्रता दिएकै छ, जसरी यस्तो अभिब्यक्ति पोख्न पाइन्छ, त्यस्तै सबैले आफ्नो पहिचानको अभिब्याक्ति ब्यक्त गर्नु अधिकार हो । तर खै यो विपद्मा तिम्रो भूमिका । तिमीले हरेक विहान, हरेक दिउँसो र हरेक साँझ तिम्रो मस्जिद्बाट कोरोनाको संक्रमणबाट जोगिने सन्देश बजाँउदा के नै असजिलो हुन्छ । होला त्यसमा आफ्नै धार्मिक मान्यता होला, तर तिमी जोगिए न तिम्रो धर्म । किन कन्जुस्याँई, कसको हितमा छ, तिम्रो संस्कार, तिम्रो धर्म ? धर्म त मानवतामा पनि त होला, तिम्रो धर्मको सन्देश सुनाउँदा, तिम्रो भाषामा कोरोनाबाट जोगिने केही सन्देश पनि देउ न । पर्खिनेछु । विहानै कुखराको डाँकसँगै तिम्रा् मस्जिद्बाट कोरोना सन्देश आउँनेछन् । आखिर खै तिम्रो मस्जिदबाट कहिले फुक्ने कोरोना सन्देश ?