News flash

विराटपथ

शुक्रबार, बैशाख ०५, २०७७

विराटनगर । युवा ब्यवसायी सुमन भट्टराईले दुहबी नगरपालिकालाई सहयोग प्रदान गरेका छन् । कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि बिपन्न र गरिबलाई राहत प्रदान गर्न उनले सहयोग गरेका हुन ।
भट्टराईले शुक्रबार दुहबी नगरपालिकाको राहत कोषमा जम्मा हुने गरि एकलाख एक हजार रुपैया बराबरको चेक दुहबीका नगरप्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै ब्यवसायी भट्टराई विपद्को बेला आफ्नै स्थानमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।
सो अबसरमा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक प्रविन कार्की, नगरपालिकाका अधिकृत विनोद न्यौपाने, वडा नम्बर ३ का वडाध्यक्ष माधव भण्डारी, ५ का वडाध्यक्ष रमेश रौनियार, युवानेता रोसन कार्की लगायतको उपस्थिति रहेको थियो । यसअघि पनि भट्टराईले ताप्लेजुङबासीलाई राहत स्वरुप सहयोग प्रदान गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल