

विराटनगर । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण र त्यसले पारेको प्रभावका बिरुद्ध सारा विश्व नै लडिरहेको बेला नेपालमा पनि त्यसको असर र प्रभाव देखिएको छ । देशका सरकारी तथा निजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले आफ्नो आफ्नो स्थानबाट कोरोना बिरुद्ध अभियान जारी राखेका छन् ।
देशका प्राय सबै जिल्लामा सरकारले अहिले कोरोना भाइरस भए नभएको पत्ता लगाउन आरडिटी (-यापिड डाइग्नोष्टिक टेष्ट) सुचारु गरिसकेको छ । आरडिटीमा पोजेटिभ परिणाम देखाउने बित्तिकै कोरोनाको संक्रमण भएको भन्दै जनमानसमा भय र डरको स्थिति सृजना हुनु सामान्य जस्तो बनेको छ । सञ्चारमाध्यमहरुमा समेत आरडिटीमा पोजेटिभ परिणाम देखाउने बित्तिकै कोरोना भाइरस लागेको समाचार प्रकाशित हुँदा नागरिकमा भम्र पैदा भएको छ ।
कोरोना भाइरसका कारण पछिल्लो समय विकसित अबस्था यसको अबस्था बारे हामीले विराट मेडिकल कलेज, विराटनगरका अध्यक्ष तथा बरिष्ठ ल्याप्रोस्कोपी सर्जन डा.ज्ञानेन्द्रमानसिंह कार्कीसँग संवाद गरेका छौ । डा.कार्कीसँग गरिएको कुराकानीमा उनले कोरोनाको जोखिम ज्यादै रहेका र सचेत रहनुपर्ने बताए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीमा आधारमा तयार पारिएको सामाग्री :
शरिरमा इमोन सिस्टमले एन्टीबडी बनाउँछ । त्यहि एन्टीबडीले एन्टीजेन (किटाणु बस्तु) लाई खोजी खोजी मार्छ । तर यस प्रकारका भाइरस सिधै इमोन सिस्टममा प्रवेश गर्छ । जसका कारण एन्टीबडी निर्माण असहज हुन्छ । भाइरसले इमोन सिस्टममा नै अबरोध गरेपछि समस्या हुन्छ र मानिसको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाइदिन्छ । यसले गर्दा शरिरमा ब्याक्टेरिया, फ्ङ्गसहरु यति दु्रत गतिमा फैलन थाल्छन् । जुन हामीले कल्पना गरे भन्दा ज्यादा हुन्छ । यसैले हाम्रो शरिर कमजोर बन्छ र मानिसको मृत्यु समेत हुन जान्छ ।
भाइरस र कोरोना भाइरस
कोरोना भाइरस अन्य भाइरस जस्तै पहिलादेखि नै थियो । हाम्रो रहनसहन, जीवनशैलीले त्यसलाई सहजै पचाएको थियो । यी र यस्ता प्रकारका भाइरसहरु हिजोको दिनमा जनावरबाट जनावरमा सर्ने गर्थे र मानिसमा पनि सर्थे । तर अहिले समयमा त्यस खाले भाइरस जनावरबाट मानिसमा सर्न थाले । कोरोना भाइरसको चुनौती के हो भने, यो मानिसबाट मानिसमा सर्न थाल्यो, त्यो पनि अत्याधिक गतिमा ।
खासगरि हाम्रो हावा, पानी लगायतका अन्य प्राकृतिक तत्वहरुलाई हामीले दुषित गर्दै गर्न थाले । त्यहि कारण भाइरसहरु (न्यूट्रिसन) बिकृत बन्न थाले । पछिल्लो समयको कारोना भाइरसपनि यसैको परिणाम हो । यो भाइरस एक बिकृत भाइरस हो ।
भाइरस आफै जीवित रहन सक्दैन । भाइरसले आफुलाई बचाँउन अर्काको सेलमा प्रवेश गर्नु नै पर्छ । जव भाइरस अर्काको सेलमा प्रवेश गर्छ तव उसको संख्या बढ्दै जान्छ । भाइरसको संख्या बढ्दै गएपछि मानिसको इमोन सिस्टमलाई प्रहार गर्न थाल्छ । खासगरि रोगसँग प्रतिरोध गर्न नसक्नेहरुलाई पहिलो चरणमा नै यसले निक्कै प्रभाव पार्छ । जस्तो अशक्त, बृद्धबृद्धा, बालबालिका र पुराना दिर्घरोगीहरु । यस कारण पनि कोरोना भाइरसको प्रभाव यस्तै प्रकारका मानिसमा ज्यादा देखिएको छ ।
शरिरमा इमोन सिस्टमले एन्टीबडी बनाउँछ । त्यहि एन्टीबडीले एन्टीजेन (किटाणु बस्तु) लाई खोजी खोजी मार्छ । तर यस प्रकारका भाइरस सिधै इमोन सिस्टममा प्रवेश गर्छ । जसका कारण एन्टीबडी निर्माण असहज हुन्छ । भाइरसले इमोन सिस्टममा नै अबरोध गरेपछि समस्या हुन्छ र मानिसको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाइदिन्छ । यसले गर्दा शरिरमा ब्याक्टेरिया, फ्ङ्गसहरु यति दु्रत गतिमा फैलन थाल्छन् । जुन हामीले कल्पना गरे भन्दा ज्यादा हुन्छ । यसैले हाम्रो शरिर कमजोर बन्छ र मानिसको मृत्यु समेत हुन जान्छ ।
के हो, आरडिटी (-यापिड डाइग्नोष्टिक टेष्ट)
यो एक प्रकारको प्रारम्भिक चरणको परिक्षण हो । जस्तो हामी घर मै बसेर सामान्य किटको माध्यमबाट महिला गर्भवती भए नभएको परिक्षण गर्छौ । सोही प्रकारको यो परिक्षण हो । तत्कालै आम मानिसमा कोरोना भाइरस छ कि छैन भनेर परिक्षण गर्नका लागि यो निक्कै उपयोगी पनि छ र आजको आबश्यकता पनि । तर आरडीपीमा पोजेटिभ परिणाम आइहाले कोरोना नै लाग्यो, उच्च जोखिम छ भनेर आत्तिहाल्नु पर्दैन । किनकी यो प्रारम्भिक चरणको परिक्षण मात्र हो ।
यो किटमा कोरोनाको एन्टीजेन राखिएको हुन्छ । जहाँ मानिसको नाक वा घाँटीको स्वाव (-याल) राखेर परिक्षण गर्ने गरिन्छ । यदि किटमा राखिएको एन्टीजेनसँग मेल खाएमा मानिसमा पोजेटिभ परिणामा देखाउँछ । तर यो परिक्षणले मानव शरिरमा भाइरसको मात्रा कति छ भनेर मापन भने गर्दैन । यसले पनि कोरोना संक्रमणको दर यति नै हो भनेर ठ्याक्कै ठोकुवा गर्न मिल्दैन । फेरि भाइरसको मात्रा कम छ भने यसमा देखिदैन । यस कारण पनि पिसीआर (पोलिमरेज चेन रिएक्सन) गर्नु जरुरी छ ।
के हो पिसीआर (पोलिमरेज चेन रिएक्सन)
यो परिक्षणले भने शरिरमा कोरोना भाइरसको सक्रियता र त्यसको मापन यति छ भनेर बताँउछ । यदि यो परिक्षणले समेत कोरोना पोजेटिभ देखायो भने कोरोनाको संक्रमण भएको छ भनेर ठोकुवा गर्न मिल्छ । किनकी यो परिक्षणले कोरोनाको तत्कालिन अबस्थाबारे यकिन जानकारी दिन्छ ।
यो परिक्षण इमोनोग्युविल एम र जीको परिणामलाई महत्वपूर्ण मान्नुपर्छ । किनकी यो परिक्षणमा इमोनोग्युविल एम र जी कै परिणामलाई मापन गरिन्छ । शरिरमा इमोनोग्युविल एममा पोजेटिभ देखिएमा कोरोनाको संक्रमण रहेको छ भन्ने बुझ्नुपर्छ र उ कोरोना संक्रमित हो भनेर ठोकुवा गर्न सकिन्छ । यो परिक्षणबाट एममा पोजेटिभ परिणाम आउने मानिसलाई तत्कालै उपचारमा लैजानुपर्छ ।
तर इमोनोग्युविल जीमा मात्र पोजेटिभ देखियो भने उसलाई पहिले कोरोनाको संक्रमण रहेको र त्यो मात्रा कम हुँदै गएको भन्ने बुझ्नुपर्छ । इमोनोग्युविल जीमा पोजेटिभ देखिएकाबाट थप अन्यमा संक्रमण सार्ने संम्भावना कम हुन्छ । तर एममा पोजेटिभ देखिनेको हकमा भने त्यस्तो हुन्न । इमोनोग्युविल एममा पोजेटिभको मात्रा ज्यादा देखायो भने के बुझ्नु पर्छ भने उनको शरिर कमजोर बन्दै गएको छ । र रोगसँग लड्ने क्षमता बिस्तारै कमजोर हुदै गएको छ । यो अबस्थमा भने मानिसलाई अस्पतालमा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिहाल्नु पर्छ ।
धार्मिक लठ्ठीले मुर्ख नबऔ
डा. कार्कीको विचारमा अहिलेको यो बिषम् परिस्थिति आम नागरिकको मुख्य समस्या अशिक्षा, अज्ञानता, मुडेबल र धार्मिक लहड रहेको छ । रोगको बिषयमा धेरथोर जानकारी भएपनि आफुलाई केही हुदैन भन्ने भ्रमले समस्या उत्पन्न भएको छ ।
‘धेरै त हामी धार्मिक लठ्ठीको नाचमा रमायौ । यो तत्काल रोकिनुपर्छ । किनकी यो पनि अशिक्षा हो ।’ डा. कार्की भन्छन्,‘यस्तो प्रवृति नरोकेसम्म हामी झन समस्यामा पर्न सक्छौ । हामी अज्ञानी त छौ नै, झन हाम्रो मुडेबलले समस्याको समाधान हुन्न ।’