News flash

विराटपथ

बिहिबार, बैशाख ०४, २०७७

विराटनगर । समाजसेवालाई कुनै भुगोल छेक्न सक्दैन । कुनै भावनाले रोक्न सक्दैन भन्ने उदाहरण विराटनगर र दुहबीका दुई ब्यवसायीले गरेको कार्यले पुष्टि गरेको छ । कोरोना भाइरसका कारण लकडाउनले गर्दा समस्या परेपछि ती युवा ब्यवसायीले ताप्लेजुङमा सहयोग तथा राहत प्रदान गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा विराटनगरका सुरेशकुमार राठी र दुहबीका सुमन भट्टराईले सहयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको पहलमा ब्यवसायीद्धयले सहयोग गरेको जनाएको छ ।
उनीहरुले फुङलिङ् नगरपालिकालाई एकसय ४० बोरा चामल, तीन कार्टुन खानेतेल, १० बोरा दाल, दुई कार्टुन साबुन प्रदान गरेका छन् । त्यसैगरि ताप्लेजुङको ८ वटा गाँउपालिकालाई प्रति गाँउपालिका ७० बोरा चामल, ४ बोरा दाल, ४ कार्टुन खानेतेल, र एक कार्टुन साबुन समेत उपलब्ध गराएका छन् । ‘राहत सामाग्री मन्त्रीज्यू कै पहलमा भएको हो । यस्तो विपत्को बेला पहाडी जिल्लामा समेत सहयोग गर्ने इच्छा जागेर सहयोग गरेका हौ ।’ सहयोगकर्ता सुमन भट्टराईले विराटपथसँग भने,‘विराटनगर, दुहबी लगायतका स्थानमा धेरैले सहयोग गरेका छन् तर विकट जिल्लाहरुमा त्यस्तो सहयोग भएकाले हामीले पहल गरेका हौ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल