News flash

विराटपथ

बिहिबार, बैशाख ०४, २०७७

विराटनगर । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएपछि बिपन्न र गरिबलाई राहत वितरणको कार्य जारी रहेको छ । यसैबिच गिरिजाप्रसाद कोइराला फाउन्डेसनले समेत राहत वितरण गरेको छ ।
फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको तर्फबाट काँग्रेसका युवानेता सलिम अन्सारीले राहत वितरण गरेका छन् । वडा अध्यक्ष समिम कमर समेतको उपस्थितिमा विराटनगर १७ मा राहत वितरण गरिएको हो ।
नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झनामा मजदुर आन्दोलनको समयमा वृहत योगदान दिएको स्थान मिल्सएरियामा राहत वितरण गरिएको हो । अन्सारीले चामल, डटर्जेंट पाउडर, हातधुने साबुन, मास्क लगायतका सामाग्री ह्यूमानिटी फाउन्डेसनका संस्थापक सदस्य कुत्बुद्दीन खान र समीर खान लाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल