News flash
प्रदेश १ पनि कोरोनाको उच्च जोखिममा

कोशी ब्यारेजमा कडाई हुन्छ : सामाजिक विकास मन्त्री

प्रल्हाद गुरागाई

बुधबार, बैशाख ०३, २०७७

विराटनगर । केही दुई साता अघि मात्र बीरगञ्जका एक ब्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको खबर सार्वजनिक भएपछि देशका सबै मिडियाको ध्यान त्यसतर्फ केन्द्रित भए । धेरैले सो बिषयले सनसनी मच्चियो, सबैको ध्यान त्यसतर्फ गयो तर सो समाचार गलत भयो र सबैले शान्तिका सास फेरे ।
यति बेला मुलुकमा १६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । यो सँगै मंगलबार मात्र सरकारले लकडाउनलाई १५ बैशाख सम्म लम्ब्याएको छ । तर यतिबेला सन्तोषले बस्ने समय छैन बरु सर्तकता अपनाउनु पर्ने बेला छ । किनकी कोरोनाको जोखिम ज्यादा छ, हाम्रो सर्तकता कम छ, लापरवाही बढी छ ।
मंगलबार राती अर्को खबर सार्वजनिक भयो । प्रदेश १ को छिमेकी जिल्ला सप्तरीमा दुईजनामा कोरोना भाइरसको संक्रमण देखियो । दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका सप्तरीमा ८ मध्ये दुई जनाको आरडीटी (र्यापिड डाइगनोस्टिक टेस्ट) परीक्षण रिपोर्ट पोजिटिभ आयो । गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा मंगलबार गरिएको (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखियो । बाँकीको रिर्पोट नेगेटिभ आयो ।
रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका छन् । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ । बाँकी ५ जना खडग नगरपालिकाको क्वारेन्टाइनमा छन् । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर (पोलिमरेज चेन रिएक्सन) परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
गत मार्च ८ र ९ तारिखमा दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । एक जना फरार छन् ।
…………………..
यी खबरले के तथ्य प्रष्ट हो भने कोरोना भाइरसको संक्रमण तपाई हामी माझ निक्कै नजिक आएको छ । पर्याप्त चेतनाको अभाव, डरको मानसिकता र सरकारी संयन्त्रको कमजोरीले कोही मस्जिद्मा लुकेका छन्, कोही घर भित्रै छन् । उनीहरु लुकेर बसेका मात्र छैनन्, प्राणघातक रोगलाई लुकाएर बसेका छन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रदेश २ को सप्तरीमा दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिनुले यो प्रदेशका लागि जोखिम बढेको बताउँछन् । ‘हामीलाई बोर्डरबाट त जोखिम थियो नै तर अब प्रदेश २ बाट पनि जोखिम बढेको छ ।’ मन्त्री घिमिरेले भने, ‘यो कारणले गर्दा हामीले भण्टाबारी, कोशी ब्यारेजमा सुरक्षा चेकजाँचमा कडाई गर्न निर्देशन दिइसकेका छौ ।’
बिशेषत प्रदेश २ का सप्तरी, सिरहा लगायतका जिल्लाबाट अहिले पनि उपचारका लागि मानिसहरु प्रदेश १ का बिभिन्न जिल्लाहरुमा आउने गर्छन । तीमध्ये अधिकांश विरामीहरु विराटनगर नै आउने गरेका छन् । यसकारण पनि प्रदेश १ जोखिममा रहेका चिकित्सकको भनाई छ । कोशी अस्पतालका बरिष्ठ फिजिसियन डा.रोसन खड्का सप्तरीमा कोरोना संक्रमण देखिनुने बिशेष गरि विराटनगरका अस्पतालमा जोखिम बढेको बताउँछन् । उनी भन्छन्, ‘स्वाभाविक रुपमा जोखिम बढेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश सिल गर्न ढिलो गर्नुहुन्न ।’
सामाजिक विकास मन्त्री घिमिरे अस्पतालमा संक्रमण हुने संम्भावना बढी भएको स्वीकार गर्दै त्यसमा चनाखो र सचेत हुनुपर्नेमा जोड दिन्छन् । विराटपथसँग उनले भने, ‘कोरोनाका लागि हामीले छुट्टै अस्पतालको निर्माण गरिसकेका छौ । अस्पतालमा समेत सुरक्षाको प्रबन्ध मिलाएका छौ । तर अझै हामी सचेत हुनु जरुरी छ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल