News flash

विराटपथ

मंगलबार, बैशाख ०२, २०७७

विराटनगर । विराटनगरका युवा ब्यवसायीहरु मिलेर (कोभिड–१९) कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्ने उद्धेश्यले ‘सेनिटाइजेसन बुथ’ को निर्माण गरेका छन् । कोरोनाको महामारीलाई फैलिन नदिन युवा ब्यवसायीले सरोकारवालासँग मिलेर सो बुथको निर्माण गरेका हुन ।
निर्माण गरिएको सेनिटाइजेसन बुथ एक स्वचालित उपकरण भएको ब्यवसायीको भनाई छ । निक्कै सस्तो मूल्यमा निर्माण गरिएको सो उपकरणले एक पटकमा एकजनाको शरिरमा ‘सेनिटाइड’ गर्ने बताइएको छ । यस कार्यका अभियानकर्ता तथा बि एण्ड मेड सर्जिकल एण्ड हेल्थ केयरका सञ्चालक सौरभ राजभण्डारीले विराटपथसँग भने, ‘यस्तो महामारी बेला हामी युवाबाट पनि केही हुन सक्छ कि भनेर सोच्यौ र यो उपकरणको निर्माण गर्न सफल भयौ ।’
सो उपकरण निर्माण गर्न राजभण्डारीसँगै विराटनगर कै जानकी फर्निचरका सञ्चालक पुनित पौडेल, केडिया वाटर हाउसका अभिषेक केडिया, राजिब साह र समिर साहले योगदान दिएका थिए । जानकी फर्निचरका सञ्चालक पौडेलले हाल यो उपकरणको लागत मूल्य ४० हजार रुपैया रहेको र एक दिनमा तीन वटासम्म उपकरण निर्माण गर्न सकिने बताए । पौडेलले भने, ‘यसलाई सस्तो मान्न सकिन्छ, साथै यो भिडभाड हुने सबै स्थानका लागि उपयोगी बन्न सक्छ ।’
सो उपकरणबाट एक पटकमा विशेष रसायनको माध्यमबाट शरिरमा ‘सेनिटाइड’ गर्न सक्नेछ । उपकरणको वाटो भएर हिड्दा विशेष रसायनहरु स्वचालित तबरले शरिरमा पर्छ । सो प्रक्रियाका कारण यदि शरिरमा कोरोना लगायतका अन्य भाइरसहरु रोकथाम गर्न सहज हुनेछ । हेल्थ केयरका राजभण्डारी भन्छन्, ‘यो उपकरण अस्पताल, सरकारी कार्यालय, बैङ, सडक तथा मानिस जम्मा हुने स्थानमा राख्न सकिनेछ ।’
युवाहरुद्धारा निर्माण गरिएको सो उपकरण विराटनगरको कोशी अस्पतालमा राख्ने तयारी गरिएको छ । केही सामाजिक संस्थाको सहयोगमा सो उपकरण कोशी अस्पतालमा राख्ने तयारी गरिएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल