News flash

विराटपथ

मंगलबार, बैशाख ०२, २०७७

विराटनगर । मोरङका स्थानीय तहमा ८३ हजार भन्दा बढी घरधुरीले राहत पाएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उपलब्ध गराएको तथ्याङ्कमा जिल्लामा ८३ हजार एकसय १२ घरधुरीले राहत पाएको उल्लेख गरिएको छ । सो तथ्याङ्क अनुसार रतुवामाई नगरपालिकामा भने अहिले सम्म राहतको कुनै प्याकेज उपलब्ध छैन ।
मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी मानकुमार राईले रतुवामाईमा अहिले सम्म राहत वितरण गरिएको जानकारी नआएको बताए । डिएसपी राईले भने, ‘हाम्रो मातहतका कार्यालय मार्फत सूचना लिएका हौ । रतुवामाईमा राहत वितरण भएको जानकारी आएको छैन ।’
तथ्याङ्क अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा सबैभन्दा बढीले राहत पाएका छन् । महानगरमा २६ हजार २ सय ६८ घरधुरीले राहत पाएका छन् । त्यस्तै सबैभन्दा कम उर्लाबारी नगरपालिकामा राहत वितरण गरिएको छ । उर्लाबारीमा सातसय ९३ घरधुरीले राहत लिएका छन् ।
स्थानीय तहले चामल, दाल, आलु, नुन, तेल, आलु, साबुन, दुध, चिउरा लगायतका सामाग्रीहरु स्थानीयबासीलाई उपलब्ध गराएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल