विराटनगर । राजधानीको सनसिटी अपार्टपेन्टमा बस्दै आएका दुई जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाण्डौंको सनसिटीमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १६ पुगेको छ । सनसिटीमा रहेका एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदा उनमा भने संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजो र्या्पिड टेस्ट विधिबाट गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएपछि पुनः पीसीआर विधिबाट परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा नमुना पठाइएको थियो । मन्त्रालयका अनुसार ५६ बर्षिय पुरुष र ८१ बर्षिय महिलामा संक्रमण देखिएको हो ।
नेपालमा हालसम्म ५ हजार ६ सय ९१ जनालाई कोरोना भए नभएको परिक्षण गरिएको छ । जसमध्ये १६ जनामा संक्रमण देखिएको छ । १ जना भने निको भएर घर फर्किसकेका छन् ।
(यस अघिको समाचारमा भुलबश त्रुटि भएकोमा सच्चाइएको छ । सम्पादक)