विराटनगर । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सरकारले चालेको पछिल्लो कार्यको समिक्षा गर्दै भावी रणनीति तयार गर्न बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद्को बैठक मुख्यत लकडाउनको समय बढाउने बिषयमा केन्द्रित रहने बताइएको छ । केही बेरअघि मात्र भारतले लकडाउनको समयावधि बढाएको थियो । भारतले बैशाख २१ गतेसम्म बढाएको छ । नेपालमा समेत लकडाउनको समय बढाउने तयारी गरिएको छ ।