News flash

विराटपथ

शुक्रबार, चैत्र २८, २०७६

विराटनगर । भारतीय केही सञ्चारमाध्यम र सुरक्षा अधिकारीले नेपालको एक गाँउपालिकाका प्रमुखमाथि कोरोना भाइरस फैलाउने योजना बनाएको आरोप लगाएपछि गाँउपालिका प्रमुखले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
पर्सा जिल्लाको जग्गनाथपुर गाँउपालिका अध्यक्ष जालिम मुखियाले भारतीय मिडियाले एकोहोरो प्रहार गरेको भन्दै त्यसको बिश्लेषण गरेर तथ्य पत्ता लगाउन नेपाली सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । शुक्रबार साँझ विराटपथसँग कुरा गर्दै अध्यक्ष मुखियाले भने, ‘केही तत्वले मेरो बदनाम गर्न यस्तो घृणित कार्य गरेको छ । हामीबीचमा फाटो लगाउन उनीहरु सक्रिय छन् । भने जस्तो आरोप प्रमाणित होस् । म फाँसी लट्कन तयार छु ।’
भारतका बिभिन्न सञ्चारमाध्यमले मुखियाको तस्वीर समेत सार्वजनिक गर्दै कोरोना भाइरस फैलाउने योजना बनाएको दावी गरेको थियो । उनी सीमावर्ती नेपालको जग्गनाथपुरका मुखिया मुस्लिम समुदायका अगुवा समेत हुन । उनी नेकपाबाट गाँउपालिकामा बिजयी भएका थिए । मुखिया शुक्रबार नै यस बिषयमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दुताबास यर्थात जानकारी पठाइसकेको बताए ।
आफुले लकडाउन हुनुपूर्व नै आफ्नो गाँउपालिकामा कोरोना भाइरसको संक्रमण र रोकथामका लागि काम गरिरहेको जनाउँदै आफु जिम्मेवार मात्र नभएर जनप्रतिनिधि भएको समेत प्रष्ट पारे । उनले भने, ‘म जिम्मेवार नागरिक हुँ । म यस गाँउपालिकाको जनप्रतिनिधि पनि हुँ । त्यसैले मेरो आफ्नै जिम्मेवारी छ । भारत आफै कोरोनाबिरुद्ध लडिरहेको बेला यस्ता भम्र धेरै दिन टिक्दैन । सत्य कुरा आइहाल्छ ।’
विहारको पश्चिम चम्पारणका जिल्ला मजिस्ट्रेटले जिल्ला प्रहरी चौकीमा एसएसबीलाई उद्धृत गर्दै प्रहरीलाई पठाएको पत्रमा समादेष्टा ४७ औ वाहिनीको बटालियनले सो सूचना दिएको जनाएको छ । जिल्ला मजिस्ट्रेटले लेखेको पत्रमा आफुले सीमा सुरक्षा बल(एसएसबी) बाट सूचना अनुरुप मुखिया अबैध हातहतियार र गैरकानुनी कार्यमा संलग्न समेत रहेको आरोप लगाएको छ ।
गैरकानुनी काम गर्नुहुन्छ रे नि त भन्ने विराटपथको जिज्ञासा उनले आफुले गैरकानुनी कार्य गरेको भए प्रशासन चुप लागेर नबस्ने बताए । उनले भने, ‘नेपालमा कानुनी राज चल्छ । गैरकानुनी काम गर्ने धेरै नेताले सजाय भोगेका छन् । मैले त्यस्तो काम गरेर बसेको भए यहाँको प्रशासन चुप लागेर बस्दैथ्यो ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल