विराटनगर । लकडाउन प्रभावकारी नभएको भन्ने जनगुनासो बढेपछि शुक्रबार प्रहरीले कडाई गरेपछि दुईसय भन्दा बढी सवारी साधान र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साँझ ५ बजेपछि लकडाउनलाई कडाई गरिएको थियो । लकडाउनलाई कडा गर्न स्वंमसेवी युवाहरुको समेत सहयोग लिइएको थियो । सो क्रममा लकडाउन उल्लंघन गर्ने दुईसय ५७ जान मानिस तथा दुईसय ७ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्लाका प्रवक्ता तथा डिएसपी मानबहादुर राईले जनाए ।
प्रहरीले शुक्रबारबाट लकडाउनलाई प्रभावकारी बनाउन बिशेष अभियान शुरु गरिएको जनाएको थियो । पक्राउ गरिएका सवारी साधनलाई भने लकडाउन समाप्त भएपछि मात्र छाडिने प्रहरीले जनाएको छ ।