

विराटनगर । लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । शुक्रबार साँझ ५ बजेबाट प्रहरी कडाई गर्न लागेको हो । मानिसहरुको आवतजावत लगायतको गतिविधिमा पूर्णरुपमा कडाई गर्न लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले विराटपथलाई जनाए ।
उनले यो एकप्रकारको लकडाउन क्फूर्य भएको बताए । विगत केही दिनदेखि साँझ परेपछि मानिसको चहलपहल बढेकाले प्रशासनले कडाई गर्ने निर्णय गरेको हो । ‘यो कार्य आम नागरिकका लागि नै हो । हामीले लकडाउनको पूर्ण रुपमा पालना गर्न आग्रह पनि गरेका छौ ।’ डिएसपी राईले भने,‘तर साँझ परेपछि मानिसहरुको आवतजावत र चहलपहल अस्वाभाविक रुपले बढेपछि हामीले कडाई गर्न लागेका हौ ।’
लकडाउन उंलग्घन गर्नेलाई तत्कालै जुन स्थानमा देखे त्यहि राखिने प्रहरीको योजना छ । ‘लकडाउन उलंग्घन गर्ने ब्याक्ति वा सवारीसाधनलाई जहाँ भेट्छौ तत्काल त्यहि ‘स्टिल’ रुपमा राख्छौ’ राईले भने, ‘पछि अबस्था हरेर वहाँहरुको ब्यवस्थापन गर्नेछौ ।’
आजदेखि गरिने कडाई बारे प्रहरीले जानकारी दिइसकेको छ । आजको अबस्था हेरेर शनिबारदेखि प्रहरीले थप कडाई गर्ने रणनीति बनाएको छ । सोही अनुसार जिल्लाको बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।