News flash

विराटपथ

शुक्रबार, चैत्र २८, २०७६

विराटनगर । भारतीय केही सञ्चारमाध्यम र सुरक्षा अधिकारीले नेपालको एक गाँउपालिकाका प्रमुखमाथि कोरोना भाइरस फैलाउने योजना बनाएको आरोप लगाएका छन् । पर्सा जिल्लाको जग्गनाथपुर गाँउपालिका अध्यक्ष जालिम मुखियामाथि भारतीयहरुले यस प्रकारको आरोप लगाएका हुन ।
भारतको चर्चित न्यूज च्यानल आजतकले आफ्नो अनलाइन संस्करणमा समाचार प्रकाशित गर्दै नेपालका एक नागरिकले सो प्रकारको कार्य गरेको दावी गरेको छ । आजतकले आफ्नो अनलाइन संस्करणमा २१ दिनदेखि लकडाउनको बीचमा रहेको भारतको विहारमा ती नेपालीको तस्वीर समेत सार्वजनिक गर्दै कोरोना भाइरस फैलाउने योजना बनाएको दावी गरेको हो ।
सीमावर्ती नेपालको जग्गनाथपुर निवासी मुखिया मुस्लिम समुदायका अगुवा समेत हुन । विहारको पश्चिम चम्पारणका जिल्ला मजिस्ट्रेटले जिल्ला प्रहरी चौकीमा एसएसबीलाई उद्धृत गर्दै प्रहरीलाई पठाएको पत्रमा समादेष्टा ४७ औ वाहिनीको बटालियनले सो सूचना दिएको जनाएको छ । जिल्ला मजिस्ट्रेटले लेखेको पत्रमा आफुले सीमा सुरक्षा बल(एसएसबी) बाट सूचना अनुरुप मुखिया अबैध हातहतियार र गैरकानुनी कार्यमा संलग्न समेत रहेको आरोप लगाएको छ ।
भारतीय अधिकारीहरुले मुखियाले ४० ५० जना कोरोना संक्रमित मुसलमानलाई भारत आउन आग्रह गरेको समेत सूचना पाएको आजतकले जनाएको छ जिल्ला मजिस्ट्रेटले सुरक्षाकर्मीलाई भारत नेपाल सीमामा क्षेत्रमा बढी सतर्क रहन र त्यहाँ कुनै पनि संदिग्ध गतिविधिमा कडा कारबाही गर्न निर्देशन दिएको छ ।
यसैबीच यस बिषयमा कुरा गर्न अध्यक्ष मुखियासँग सम्पर्क गर्न खोज्दा उनीको मोवाइलको स्वीच अफ थियो । पर्साका सञ्चारकर्मी जीतेन्द्र साहले मुखिया कोरोना भाइरसकै नियन्त्रणमा सक्रिय रहेको र भारतीयले एकतर्फी रुपमा आरोप लगाएको बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल