News flash

विराटपथ

शुक्रबार, चैत्र २८, २०७६

विराटनगर । उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले गलत कुरा गरेर जनमानसमा भ्रम छरिएको बताएका छन् । मेडिकल उपकरणमा कालोबजारी गर्ने ब्यापारी सुलभ अग्रवाललाई छुटाउन राज्यमन्त्री दुगडले पहल गरिरहेको भन्ने समाचार सार्वजनिक भएपछि विराटपथसँग कुरा गर्दै उनले भने, ‘यो सरासर गलत कुरा हो । म कसैलाई छुटाउन वा कसैको पक्षमा वकालत गर्दै हिडेको छैन ।’
यस्तो संकटको बेला वर्तमान सरकारले जनताको सरोकारको बिषयमा मात्र ध्यान दिएको बताउँदै अहिले सबैको प्रमुख दायित्व कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण मात्र भएको राज्यमन्त्री दुगडको भनाई थियो । अहिले चुनौती एकातिर भएको र त्यहि चुनौतीको सामना गर्न आफु समेत लागि परेको उनले बताए । तर आफुलाई बदनाम गराउन यस्तो खाले दुष्प्रचार गरिएको उनको आरोप थियो ।
‘देश संकटमा परेको छ । यो संकटबाट कसरी जोगिने भन्नेमा सबै केन्द्रित छन् । सरकारले पनि त्यहि अनुसार काम गरिरहेको छ । तर विना प्रमाण, विना आधार प्रधानमन्त्रीज्यूलाई भेट्न गएको भन्ने सम्म प्रचार गरियो ।’ राज्यमन्त्री दुगडले विराटपथसँ भने, ‘हुँदै नभएको कुरा गरेर बदनाम गर्न खोजियो । मलाई धेरै दुख लागेको छ ।’
उनले गलत गर्ने जुन समूदायको ब्यापारी वा ब्याक्ति भएपनि कारबाहीका दायरामा ल्याइने बताए । यस्तो संवेदनशिल बिषयमा एकतर्फी भनाइ आएकोमा उनको रोष थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल