News flash

विराटपथ

मंगलबार, चैत्र २५, २०७६

विराटनगर । पूर्वमन्त्री सुनिलकुमार थापाले हेलिकप्टर चार्टर गरेर राहत सामाग्री गृहजिल्ला धनकुटा पठाएका छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि थापाले धनकुटाका बिभिन्न स्वास्थ्यलाई बिभिन्न सामाग्री पठाएका हुन । उनले मंगलबार एयर डाइनेष्टि मार्फत ती सामाग्री पठाएको जनाएका छन् ।
विपद् ब्यवस्थापन समिति धनकुटा र उद्योग बाणिज्य संघ धनकुटा मार्फत बिभिन्न स्वास्थ्य संस्थामा पुग्नेगरि सामाग्रीहरु पठाइएको छ । थापाले ७४ सेट पिपिई, एम्बुलेन्स चालकलाई २२ सेट पञ्जा, हेण्डवास, सेनिटाइजर, हाँतधुने साबुन, २ हजार थान माक्स लगायतका सामाग्रीहरु धनकुटाको ३ नगरपालिका, ४ गाँउपालिकाका एकलाख भन्दा बढी जनसंख्या भन्दा बढी जनतालाई सेवा पुर्याउन पठाएको जनाएका छन् ।
ती सामाग्रीहरु अस्पताल, आइसोलेसन तथा क्वारेन्टनइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्रहरु र स्वास्थ्य चौकीहरुले उपलब्ध गराइने बताइएको छ । मंगलबार विहान नेपाली सेनाको सल्लेरी ब्यारेक मार्फत ती सामानहरु पठाइएको हो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा प्रतिष्ठान मार्फत २ बोरा पिपिई किट पनि सोही हेलिकप्टर मार्फत धनकुटा लगिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल