विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबुधावी – युएईका युवराजसँग सोमबार साँझ टेलिफोन संवाद गरेका छन् । पछिल्लो समय युएईमा नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्रधानमन्त्री ओलीले चासो देखाएका हुन ।
प्रधानमन्त्री ओलीले साँझ ट्वीट गर्दै आफुले त्यहाँका युवराजसँग संवाद गरेको जनाएका छन् । प्रधानमन्त्रीले गरेको ट्वीटमा भनिएको छ, ‘आज साँझ अबुधावी युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा वहाँले भन्नुभयो, – नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको विकासमा पुर्याएको योगदानको प्रंशशा गर्दछु ।’
प्रधानमन्त्री ओलीले आफुलाई राजकुमारले नेपालीलाई युएईका नागरिकसरह नै ब्यवहार र सहयोग गर्ने समेत वचन दिएको ट्वीटमा जनाएका छन् ।