News flash

विराटपथ

सोमबार, चैत्र २४, २०७६

विराटनगर । मन्त्रीपरिषद्को सोमबारको बैठकले लकडाउनको अवधि लम्ब्याएको छ । सरकारले बैशाख ३ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि एक सातासम्म लकडााउनको घोषणा गरेको थियो । त्यसैगरि १७ गते बसेको उच्चस्तरीय बैठकले चैत्र २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।
लकडाउनको समय म‌ंगलबार सकिदै थियो । सो अवधि सकिने भएपछि सरकारले सोमबार नै लकडाउन थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल