विराटनगर । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को गर्भनरमा अधिकारीलाई नियुक्त गर्ने निर्ण गरेको हो।
आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारी सहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो । उनी लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत थिए ।
अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए । हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । अधिकारीले राष्ट्र बैंक विराटनगरमा समेत काम गरिसकेका छन् ।