जनकपुरधाम । प्रदेश २ ले स्थापना गरेको कोरोना महामारी नियन्त्रण राहत कोषमा नेपाली काँग्रेसले ४० लाख रुपैया सहयोग प्रदान गरेको छ । प्रदेश सरकारको कोरोना महामारी नियन्त्र, रोकथाम तथा उपचारको लागि स्थापित सो कोषमा लक्ष्मी बैंकले समेत १० लाख रुपैया प्रदान गरेको छ ।
नेपाली काँग्रेसका प्रदेश २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराले ४० लाख ७५ हजार रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरणको क्रममा नेपाली काँग्रेस प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर कुमार यादव सहितको उपस्थिति रहेको थियो ।