News flash

विराटपथ

सोमबार, चैत्र २४, २०७६

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनले समस्या परेका परिवारलाई सहयोग गरेको छ । दुवै संस्थाले एकद्धार प्रणाली मार्फत प्रदेश सरकार र स्थानीय तहलाई सहयोग प्रदान गरेको हो ।
संगठनका अध्यक्ष भीम घिमिरेका अनुसार अहिलेको विषम परिस्थितिमा दैनिक ज्यालादारी गर्ने मजदुर र बिपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने उद्धेश्यका साथ सहयोग प्रदान गरेको हो । दुबै संस्थाले करिब २१ सय परिवारका लागि राहत सामाग्री वितरण गरेको जनाएको छ । ती सामाग्रीहरुको मूल्य करिब २४ लाख रुपैया बराबरको रहेको छ ।
उद्योग संगठन र व्यापार संघले चामल, दाल, नुन, तेल, चाउचाउ र बिस्कुट को प्याक बनाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । त्यस्तै सो मध्ये तीनसय मध्ये ३५० बोरा सामाग्री विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीलाई, दुईसय बोरा दुहबी नगरपालिकाका प्रमुख बेदकुमार गच्छदारलाई, एकसय २५ बोरा बुढीगङगा गाँउपालिका र एकसय २५ बोरा कटहरी गाँउपालिकालाई हस्तान्तरण  गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल