News flash

विराटपथ

सोमबार, चैत्र २४, २०७६

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ जहदामा ह्यूम्यानिटी फाउन्डेसनले सहयोग प्रदान गरेको छ । विश्वब्यापी फैलिरहेको कोरोना भाइरसका कारण लकडाउन भएपछि बिचल्लीमा परेका परिवारलाई सो संस्थाले सहयोग गरेको हो ।
ह्यूम्यानिटी फाउन्डेसनका संस्थापक तथा नेपाली काँग्रेसका युवा नेता सलिम अन्सारीको पहलमा लक्ष्मिनिया युवा क्लब मार्पmत वडाध्यक्ष जगदीश सिंह राहत सामाग्री उपलब्ध गराइएको हो । सो संस्थाले विपन्नहरूका लागि चामल दईसय ५० केजी, दाल २५ केजी, तेल २५ लिटर, मास्क एकसय थान र साबुन एकसय थान उपलब्ध गराएको हो ।
भोकमरीलाई न्यून गर्ने उद्देश्यले आफनो ज्यान जोखिममा राखेर विभिन्न समुदायका असहाय परिवार राहत वितरण गरिएको अन्सारीले बताए । उनले लकडाउन अवधिमा आवश्यक राहत उपलब्ध गराउने कार्य जारी रहने समेत जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल