News flash

विराटपथ

सोमबार, चैत्र २४, २०७६

विराटनगर । नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पर्न सफल भएका छन् । अमेरिकन आइडलमा सुरुदेखि नै जज र फ्यानको मन जितिरहेका नेपाली युवा पोखरेलले पछिल्लो शोमा बब मार्लीको गीत गाएर उत्कृष्ट प्रस्तुति दिए ।
स्टेज नाम आर्थर गनबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुति हेर्न उनको पूरै परिवार शोसम्म पुगेका थियो । दिवेशलाई अबको यात्राको लागि उनको प्रस्तुतिसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिन्छ । यसको लागि अमेरिकन आइडलले उनलाई एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र उनी अर्को राउण्डसम्म पुग्न सहयोग पुग्नेछ ।
दिवेशले आफ्नो फेसबुकमार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अनुरोध गरिदिन समेत आग्रह गरेका छन् । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल